
काठमाडौं, १ असोज । सरकार र प्रमुख तीन दलका शीर्ष नेताहरूसँग वार्ता गर्न १३ सदस्यीय वार्ता टोली गठन गरेको थारुहट/थारुवान संयुक्त संघर्ष समितिफेरि पनि निरास बनेको छ ।
बिहीबार राति बालुवाटारमा भएको वार्ताले ठोस सहमति पाउन नसेकपछि थारु आन्दोलनकारी निरास भएका हुन् ।
सरकारका तर्फबाट स्वयं प्रधानमनत्ती सुशील कोइराला र कांग्रेस उपसभपाति रामचन्द्र पौडेल, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारको सहभागिता रहेको वार्ता पनि सहमतिको नजिक पुग्न सकेन ।
वार्ताका लागि पूर्व सर्त राखेका थारु आन्दोलनकारीले न्यूनतम कुरा पूरा नभएको भन्दै ज¥याकजुरुक उठेर बालुवाटारबाट हिँडेका थिए ।
न्यूनतम सर्त पूरा नभएपछि वार्तामा धेरै वस्न नहुने भन्दै वार्ता टोलीका सदस्य राजकुमार लेखी सुरुमै उठेर हिँडेपछि अरुलाई पनि बाहिरिन दवाव परेको थियो ।
वार्ता सफल हुने विश्वासका साथ थारु आन्दोलनकारी थारु संयुक्त संघर्ष समितिको तर्फबाट थारु कल्याणकारिणीका अध्यक्ष धनीराम चौधरीको संयोजकत्वमा १३ सदस्यीय वार्ता टोली बनाइ बालुवाटार पुगेका थिए ।
यता, वार्ता टोली सदस्य लेखीले न्यूनतम सर्त पूरा नहुँदासम्म कुनै पनि प्रकारको वार्तामा नबस्ने बताउनु हुन्छ । ‘वार्ताका लागि वार्ता मात्रै हुँदैन’, उहाँले भन्नुभयो, ‘सरकार जिम्मेवार देखिएन ।’
स्रोतका अनुसार थारु आन्दोलनमा दुई समूह देखा परेका छन् । संयोजक धनीराम समूह वार्ताबाट छिटो निकास निकाल्न चाहन्छ । अर्को समूह लेखीलगायतका समूह आन्दोलन जारी राख्ने र मधेसी मोर्चासँग गठबन्धन गरेर तराई मधेसमा उथलपुथलको योजना राख्छ ।
अहिलेको आन्दोलनमा लेखी हार्डलाइनका रुपमा देखिएका छन् भने धनीराम चौधरी समूह सफ्ट लाइनमा देखिन्छ ।
तर दुवै समूहको आआफ्नो अडानका कारण थारु र प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भएको वार्ता सहमतिमा पुग्न नसकेको स्रोतको दाबी छ ।
वार्ता टोली सदस्य लेखी बिहीबार रातिको बैठकबाट एक्लै एक्लिनुलाई उहाँको व्यक्तिगत प्रभावको दवदवा रहेको बुझ्नेहरू पनि छन् ।
वार्ता टोलीकै एक सदस्यले सरकार र प्रमुख चार दलसँग भएको वार्ताका क्रममा हिँड्नु थियो भने सबै एकसाथ हिँड्नुपर्ने बताउँछन् । कोही अगाडि कोही पछाडि वार्ताबाट हिँड्दा त्यसले थारु आन्दोलनकारीलाई बेफाइदा पुग्ने ती सदस्यको भनाइ छ ।
‘वार्तामा सँगै बस्ने अनि आफ्नो प्रभाव देखाउन अरुको कुरै नसुनेर वार्ताको वातारण बनेन म त हिँडे साथीहरू हो तपाईहरू के गर्नु हुन्छ भन्ने ?’, ती सदस्यले भने, ‘राजकुमार लेखीजी थारुहरूको आन्दोलन र मुद्दालाई कमजोर बनाउन लाग्नु भएको छ । बिहीबारको वार्तामा उहाँको व्यवहारले थारु वार्ता टोलीलाई नैतिक समस्यामा पारेको छ ।’












प्रतिक्रिया