१ कार्तिक २०८३, शनिबार

मध्यरातमा के के भयो बालुवाटारमा ? दही च्युरा खाएर नेता उठे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baluwatar-4

उपाध्यक्ष रावलले राजनीतिक सहमतिबाट आन्दोलनरत समूहको माग पूरा गरिने उल्लेख गर्नुभयो । बैठकपछि फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले भने पत्रकारसँग बोल्न मान्नुभएन । पत्रकारले चारैतिरबाट गच्छदारलाई घेरा हालेका थिए । तर उहाँले केही नबोल्ने भन्दै आफ्नो गाडीमा चढ्नुभएको थियो । कांग्रेसका नेताहरुले पनि पत्रकारहरुसँग बोल्न रुचाएनन् । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पत्रकारसँग कुरा गर्न आए पनि पत्रकारहरु गच्छदारको पछि लागेर गएपछि श्रेष्ठले बोल्न पाउनु भएन । यसअघि प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुले थारुवान, थारु संयुक्त संघर्ष समितिसँग वार्ता गरेका थिए । तर वार्ताको वीचमै वार्ता टोलीका सदस्य राजकुमार लेखी वार्ताको वातावरण नबनेको भन्दै रिसाएर बाहिरिनु भएको थियो । लेखी बाहिरिएपछि थारु वार्ता टोलीका बाँकी १२ जना सदस्य केही समयपछि आफ्ना धारणाहरु राखेर बाहिरिएका थिए ।