२१ कार्तिक २०८३, शनिबार

वार्ताका लागि बालुवाटार आएको थारु नेताको टोली बाहिरियो, सहमति हुन सकेन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhni-ram-chaudhary-1

– विमल योगी

काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री निवास बालुवाटारमा वार्ताका लागि आएको थारु नेताहरुको टोली रित्तो हात फर्किएको छ ।

प्रमुख चार दलसँगको वार्तामा आफ्ना माग पूरा नहुने देखिएपछि थारुवान/थरुहट संयुक्त संघर्ष समितिको वार्ता टोली बालुवाटार बैठकबाट बाहिरिएको हो ।

बैठकबाट बाहिरिँदै थारुवान/थरुहट संयुक्त संघर्ष समितिको वार्ता टोलीका संयोजक धनिराम चौधरीले पत्रकारहरुसँगको  संक्षिप्त प्रतिक्रियामा वार्ताको वातावरण बनेको नपाइएकाले आफूहरु बैठकबाट बाहिरिएको बताए ।

‘वार्ताको वातावरण नबनको पाइयो । हामी वार्ता विरोधी होइनन् । वार्ताको वातावरण बने हामी फेरि वार्तामा बस्न तयार छौं ।’ उनले भने ।थारु नेताहरुले विभिन्न सात बुँदे माग राख्दै सरकारसँग वार्ताको शर्त राखेका छन् ।

dhni-ram-chaudhary

‘हाम्रा कार्यकर्ता ठाउँ ठाउँमा धरपकड गर्ने पक्राउ गर्ने मुद्दा लाउने काम भा छ । पक्राउ परेकाहरु छुट्नु प¥यो, पक्राउ गर्नु भएन् । कर्फ्यू, निषेधाज्ञा फिर्ता गर्नुप¥यो, घाइतेको उपचार, जसको घर जलाइएको छ उनीहरुलाई क्षतिपूर्ति दिनुपर्छ,’ संयोजक चौधरीले भने-‘आन्दोलनका क्रममा मारिएका चाँहे सुरक्षाकर्मी हुन चाँहे आन्दोलनकारी जो भएपनि आश्रित परिवारलाई क्षतिपूर्ति र शहिद घोषणा गर्नपर्ने लगायतका मागहरु राजनीतिक तहबाट पूरा गर्नुपर्छ । यी मागहरु वार्ताका लागि राखिएका पूर्व शर्त हुन् । यी माग पूरा भएपछि वार्ता हुन्छ ।’

वार्ताको वातावरण नबनेको भन्दै यसअघि बालुवाटार बैठकबाट थारु नेता राजकुमार लेखी पनि बाहिरिएका थिए ।