२१ कार्तिक २०८३, शनिबार

बालुवाटार बैठकमा केपी र बाबुराम नदेखेपछि राजकुमार लेखी यसरी रन्किए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raj-kumar-lekhi

– विमल योगी

काठमाडौं, ३१ भदौ । बालुवाटारमा जारी प्रमुख चार दल थारु नेताबीचको वार्ता बैठक चलिरहेका बेला थारु नेता राजकुमार लेखी रन्किदै बाहिरिएका छन् ।

बैठकमा एमाले अध्यक्ष केपी ओली र एमाओवादी नेता बाबुराम भट्टराई नदेखेपछि थारु नेता लेखी वार्ता नहुने भन्दै बैठक छाडेर बालुवाटारबाट रन्किदै बाहिरिएका छन् ।

बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग सक्षिप्त प्रतिक्रिया दिँदै थारु नेता लेखीले थारु आन्दोलनको भावना अनुसार वार्ताको वातावरण नबनेकाले आफू वार्ता बैठकबाट निस्किएको बताए ।

‘वार्ताको वातावरणका सात बुँदे मागहरु पूरा भएको पाईन् । केपी र बाबुरामलाई बैठकमा देखेन । यस्तो अवस्थामा वार्ता नहुने देखिएपछि बैठकबाट निस्किए,’ उनले भने ।

वार्ता बैठकबाट लेखी निस्किएपनि अन्य थारु नेता तथा सभासद चार दलसँग वार्ताको प्रयास गरिरहेका छन् । धनिराम चौधरीको नेतृत्वमा बालुवाटार आएका थारु/थारुवान संघर्ष समितिका १३ जना नेतामध्ये लेखी निस्कएपछि १२ जनाले अहिले वार्ता गरिरहेका छन् ।

rajkumar-lekhi rajkumar-lekhi-1