– विमल योगी
काठमाडौं, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रातारात राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा चार दल र थारु नेताबीच चलिरहेको वार्ता बैठक छाडेर अध्यक्ष ओली विहीबार राति राष्ट्रपति डा. रामवरण यादवलाई भेट्न शीतल निवास गएका हुन् ।
बैठक छाडेर ओली एकाएक राष्ट्रपति भेट्न गएपछि नेताहरु अचम्ममा परेका छन् । एमाले स्रोतका अनुसार अध्यक्ष ओली आगामी असोज तीन गतेको नयाँ संविधान घोषणा, असन्तुष्ट पक्षसँगको वार्ता र आगामी सरकारको नेतृत्व लिने विषयमा राष्ट्रपतिसँग छलफल गर्न रातारात शीतल निवास गएका हुन् । राष्ट्रपतिको प्रमुख दलहरु बढेको दुरीलाई कम गर्न पनि ओली शीतल निवास गएको स्रोतको दाबी छ ।
अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष विद्या भण्डारी पनि शीतल निवास गएकी छिन् । यता बालुवाटारमा चार दलको वार्ता बैठक अहिले चलिरहेको छ । वार्तामा विजय गच्छदार र थारु नेताहरु सकारात्मक देखिएका छन् ।













प्रतिक्रिया