१० कार्तिक २०८३, मंगलबार

भूकम्प पीडितको जीवनस्तर उकास्न कृषि तालिम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

krishi

काठमाडौं, ३१ भदौ । वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पले गर्दा विस्थापित सिन्धुपाल्चोक जिल्लाको बतासे, सेलाङ्ग, पाङताङ र खास्रो गा.वि.स. का १५ जना कृषकहरुलाई व्यवसायिक कृषि पेशामा सक्षम कृषि व्यवासायीका रुपमा स्थापित गर्नुका साथै उनीहरुको जिवनस्तर उकास्नको लागि ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट लिमिटेड (जि.सि.आई.) ले दुई दिने तालिमको आयोजना गरेको छ ।

जि.सि.आई. को आफ्नै नमुना अर्गानिक फार्म आयुमी हिमालयन एग्रोमा सञ्चालन भएको उक्त तालिमबाट सहभागी केहि कृषकहरुले भविष्य नै कृषि पेशा भएकोले यस तालिमबाट सिकेको सीप आफ्नो गाउँमा लगेर देखाउने बताएका छन् । तालिममा सहभागी कृषक टोली नेता नेत्र बहादुर थापा भन्छन् – “यो तालिम भनेको हाम्रो लागि ठूलो अवसर हो अब के गर्ने र कसो गरेर जिविका चलाउने होला भनेर सोचिरहेको बेला यो तालिम हाम्रो सिन्धुपाल्चोकको लागि ठूलो अवसरको रुपमा आएको छ ।”

त्यसैगरी जि.सि.आई. का कृषि प्राविधिक गणेश दत्त जोशीले सिन्धुपाल्चोकका कृषकहरुको जिवनस्तर उकास्नका लागि कृषि व्यवसाय नै उद्यम भएको र सोहि स्वःस्फर्त भई प्राङ्गारिक तरकारी खेती सम्बन्धि तालिममा सहभागी भएका हुनाले केहि गर्छु भन्ने भावना लिएर आएको पाए । उहाँहरुलाई राम्रो सीप दिएमा कृषि उत्पादनको क्षेत्रमा सिन्धुपाल्चोकको केहि गाउँ नमुना नै होला भन्ने महसुस यो तालिमले गराएको बताउनु भयो ।

यस तालिममा कृषकहरुलाई व्यावसायिक प्राङ्गारिक तरकारी खेती प्रविधि सम्बन्धि सैद्घान्तिक पक्षका साथसाथै व्यवहारिक तथा प्रयोगात्मक सिकाइमा सहभागी गराइएको थियो । जसमा बेमोसमी प्राङ्गारिक तरकारी खेतीको परिचय, फाईदा तथा महत्व, मापदण्ड, प्राङ्गारिक तरकारी खेती गर्दा ध्यान दिनुपर्ने कुराहरु, स्थल छनौट, बीउ, नर्सरी व्यवस्थापन, मलखाद तथा वाली विरुवालाई चाहिने आवश्यक खाद्यतत्वहरु र मलखादको व्यवस्थापन, आई.पि. एग्रो लिक्वीडद्घारा गुणस्तरीय प्राङ्गारिक कम्पोष्ट मल बनाउने प्रविधिका कुराहरुलाई सैद्घान्तिक पक्षका साथै कृषकको प्रत्यक्ष सहभागीतामा प्रयोगात्मक क्रियाकलापहरु जि.सि.आई.को आफ्नो नमुना अर्गानिक फार्ममा गराइएको थियो । साथै जि.सि.आई. को मुख्य लक्ष्य कृषिमा समृद्घ प्राङ्गारिक राष्ट्र नेपाल अनुरुप नै कृषकहरुले उत्पादन गरेको प्राङ्गारिक कृषि उपजको बजार व्यवस्थापन सम्बन्धि पनि उक्त तालिममा जानकारी गराइएको थियो ।

भुकम्पबाट क्षतिग्रस्त भएका सिन्धुपाल्चोकको पाँच गाविसमा दुई महिना अगाडी नै खानेपानीको पाइप वितरण र अर्गानिक कृषि अभियान अन्तरक्रिया कार्यक्रम पनि भैसकेको छ । अब पूरा सिन्धुपाल्चोक जिल्लालाई नै अर्गानिक कृषि जिल्ला बनाउने उद्देश्य राखेको जि.सि.आई.ले त्यँहाका किसानहरुले उत्पादन गरेको वस्तुहरुको बजार व्यवस्थापन पनि गरिदिने भएको छ ।