२१ कार्तिक २०८३, शनिबार

मधेसी मोर्चाले खोल्यो वार्ताको ढोका, असोज ३ गते मधेसमा यसरी गर्दैछ धमाका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madeshi Morcha Meeting
फाइल फोटो

काठमाडौं, ३१ भदौ । तराई मधेसमा आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताको ढोका खुल्ला गरेको छ ।

संविधान घोषणा हुनै लाग्दा विहीबार राजधानीमा बसेको मोर्चाको बैठकले सरकारसँग वार्ताको ढोका खुल्ला राख्दै जारी आन्दोलनलाई लक्ष्य सम्म पु¥याउने निर्णय गरेको एक विज्ञप्तीमार्फत जनाएको छ ।

यस्तै, मोर्चाले संविधान जारी भएको दिन असोज ३ गते धमाका गर्ने भएको छ । अरुले दिपावली गर्ने योजना बनाइरहेका बेला मोर्चाले इतिहासकै कालो दिन रुपमा धमाका गर्ने जारी विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तीमा भनिएको छ–‘शताब्दियौंदेखि उत्पीडित समुदायमाथी जारी रहेको असमानता र विभेदलाई नै निरन्तरता दिंदै संविधान जारी गरिने दिन इतिहासमा कालो दिन भएको हुँदा सोको विरुद्ध असोज ३ गते मुखमा कालो पट्टी बाँधी कालो झण्डा लिएर वृहत मौन जुलूस प्रदर्शन गर्ने र राति ७ बजे देखि ८ बजेसम्म ब्ल्याक आउट गर्ने, त्यसै गरी असोज ४ गते सदरमुकाममा बिशाल प्रदर्शनको आयोजना गरी विरोध स्वरुप संविधान जलाउने निर्णय गरिएको छ ।’

मोर्चाले जारी हुन लागेको संविधानप्रति असहमत रहेका र संविधान निर्माणको प्रक्रियाबाट बाहिर रहेका परिवर्तनकारी शक्तिहरुसंग सहकार्य गर्दै अगाडि बढ्ने निर्णय समेत गरेको छ । यस्तै, मोर्चाले सरकार वार्ताद्वारा समस्या समाधान प्रति गम्भीर नभई जारी आन्दोलन माथि हिंसा, हत्या र दमन गरी दबाउन खोजेको निष्कर्ष निकालेको छ ।

‘हालै रुपन्देहीको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको अन्धाधुन्ध गोली प्रहारले ४ बर्षीय बालक र १२ वर्षीय किशोरी समेत ५ जनाको हत्या गरिएको छ । राज्यले फासिवादी चरित्र प्रदर्शन गर्दै जनपद प्रहरी, सशास्त्र प्रहरी र सेना समेत प्रयोग गरी अहिंसात्मक एवं शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेको निहत्था जनतामाथि गरिएको दमन, हिंसा र हत्याको मोर्चा घोर भत्र्सना गर्दछ । यस्तै बारा, पर्सा, सप्तरी, धनुषा र महोत्तरी लगायतका घटनाले सरकार वार्ताद्वारा समस्या समाधान प्रति गम्भीर नभई जारी आन्दोलन माथि हिंसा, हत्या र दमन गरी दबाउन खोजेको मोर्चाको निष्कर्ष छ।’ मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र राय यादव, मनिष सुमनद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

यस्तो छ मोर्चाको विज्ञप्तीः

bhadra 31 morcha  note