१ कार्तिक २०८३, शनिबार

पशुपतिनाथका बाबाले पनि नमान्ने संविधान हुन्छ र ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tilak-Malla-mao

अहिले हाम्रो पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब)को नेतृत्वमा वर्गीय विभेद अन्त्य र समाज परिवर्तनको उदेश्य हो । विशेष गरेर २०५२ सालको जनयुद्ध लड्दाको उदेशय नै हाम्रो अहिलेको पनि उदेश्य हो । अहिलेको आन्दोलन त्यसकैको निरन्तरता हो । बरु अहिले त्यसर्लाइ नयाँ ढङ्गले लागू गर्ने हो । उदेश्य भनेको स्वाधीन राष्ट, स्वाधीन समाजको कुरा हो । वर्गीय मुक्ति हुनु पर्‍यो । विभिन्न खालका विभेद अन्त्य हुनु पर्‍यो । मान्छे, नेपाली–नेपाली भएर बाँच्न पाउनु पर्‍यो । दलित, महिला मधेसी, गरिव पिछडिएकाको मुक्ति हुनुपर्‍यो । जनताको राज्य हुनुपर्‍यो । मुलुकमा र समाजमा राइँदाइँ गरेकाहरूको दमन अन्त्यहुनु पर्‍यो ।