भक्तपुर, ३१ भदौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल सार्वजनिक गर्ने भएको छ ।
२०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुतीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाको रुपमा गत साउन २० गतेबाट ३० गतेसम्म सञ्चालन भएको एसएलसी पूरक परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आज बिहान १० बजेभित्र एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेका छौँ ।’
परीक्षामा कूल एक लाख २४ हजार २५१ जना परीक्षार्थी सहभागी भएका थिए । परीक्षामा एक विषय मात्रै परीक्षा दिने ५५ हजार ४७४ जना र दुई विषयमा परीक्षा दिने ६८ हजार ७७७ जना रहेका छन् ।















प्रतिक्रिया