५ कार्तिक २०८३, बिहिबार

पार्टी नीति विपरित चल्ने सभासद्को यो हर्कत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan-Basnetकाठमाडौं, ३१ भदौ । नेपाली काग्रेसका सभासद् तथा सिन्धुपाल्चोक जिल्लाका सभापति मोहन बस्नेतले जिल्लामा पार्टी र भातृ संगठनलाई पार्टीको नीति बिपरित सञ्चालन गरेका छन् ।

जिल्लाको वैधानिक प्राप्त तरुण दललाई आफू निकट व्यक्ति अध्यक्ष नभएको भन्दै सभासद् बस्नेतले पार्टीको नीति बिपरित अर्को कार्य समिति चयन गरेको यूनाइटेड पोष्ट साप्ताहिकले समचार छापेको छ ।

जुन पार्टीको बिधान बिपरित हो । तरुण दलका अध्यक्ष नारायण घोरासैनीले नेपाल तरुण दलको बिधान बमोजीम गत भदौ ९ मा कार्यवहाक अध्यक्षको जिम्मा दोर्जे लामालाई दिएका थिए ।

बिधान बमोजिम जिल्ला अध्यक्षले गर्ने सम्पूर्ण कामकारवाही गर्ने अधिकारी नै कार्यवाहक अध्यक्षमा निहीत थियो ।

जसलाई नेपाल तरुण दलका केद्रिन्य अध्यक्ष उदयशम्शेर राणाले अनुमोदन गर्दै सिन्धुपाल्चोकका जिल्ला सभापति समेत रहेका बस्नेतलाई पत्र पठाएका थिए ।

तर दार्जेलाई कार्यवाहक अध्यक्षमा अनुमोदन गरेको भन्दै बस्नेतले राणालाई समेत तथानाम गाली गलौज गरेको राणाका एक सल्लाहाकारले बताएका छन् ।

‘मेरो जिल्लामा मेरो राज हुन्छ’ भन्दै बस्नेतले आफ्नो मनलाग्दी नगर्न राणालाई धम्की समेत दिएको स्रोत बताउाछ । यसबाट रुष्ट भएका बस्नेतले पार्टी र तरुण दलकै बिधान बिरुद्ध गई गत साता आफ्नै घर बानेश्वर शंखमुलमा पार्टीमा कुनै हैसियत नभएका व्यक्तिलाई तरुण दलको अध्यक्ष भन्दै टिका लगाएका थिए ।

जसका कारण जिल्लामा युवाहरुबीच फाटो आइसकेको छ । बस्नेतको यस्तो कार्य शैलीले केन्द्रका नेताहरु समेत हैरानी भएका छन् ।

पार्टी र भातृ संगठनलाई एक ढिक्का बनाउनु पर्नेमा बस्नेतका कारण सिन्धुपाल्चोक कांग्रेसमा बिबाद उत्पन्न भएको छ ।

बस्नेतले आपराधिक पृष्ठभूमिका व्यक्तिलाई संरक्षण गर्ने, तस्करी र लुटेरासाग पैसा असुल्ने गरेको उजुरी बारम्बार पार्टी सभापतिकोमा पुग्ने गरेको छ ।

तर कांग्रेस बरिष्ठ नेता शेरबाहादुरका सााढु भाईको नाम बेचेर बस्नेत कारवाहीबाट जोगिदै आएका छन् ।

चन्दन तस्करलाई संरक्षण

अबैध चन्दनको ओसार–पसार गरेको अभियोगमा नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान व्यूरो (सिआईबी) को टोलीले मंगलवार पक्राउ गरेका रक्तचन्दन तस्कर रुद्र तिमल्सेनालाई सभासद् बस्नेतले संरक्षण दिदै रकम असुल्दै आएका थिए ।

दुई बर्ष अगाडि काभ्रेको पााचखालमा प्रहरीले बरामद गरेको रक्तचन्दन तिमल्सेनाको भएको पुष्टि भएपछि उनलाई अदालतले एक बर्ष कैद सजायको फैसला गरेको थियो ।

तर, बस्नेतको आडमा राजधानीमै खुलमखुला डुलिरहेका तिमल्सेनालाई सिआईबीले मंगलावार पक्राउ गरी डिल्लीबजार सदरखोर पठाएको छ ।