५ कार्तिक २०८३, बिहिबार

तीन र चार गते सार्वजनिक विदा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Home Ministryकाठमाडौं, ३१ भदौ । सरकारले संविधानसभाबाट नयाँ संविधान जारी हुने ऐतिहासिक अवसरलाई भव्य राष्ट्रिय उत्सवका रूपमा मनाउन दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

संविधानसभाबाट पारित नेपालको संविधान– २०७२ संविधानसभा सचिवालय परिसरमा असोज ३ मा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामवरण यादवले जारी गर्नेछन् ।

नयाँ संविधान जारी भएको खुसियालीमा देशभर दीपावलीसहित उत्सव मनाउन असोज ३ र ४ गते सार्वजनिक बिदा दिन लागिएको जानकारी गृह मन्त्रालयका एक अधिकारीले दिएको कान्तिपुर दैनिकले छापेको छ ।