काठमाडौं, ३१ भदौ । भारतीय राजदूत रन्जित रेले तराईमा जारी हिंसाप्रति आफ्नो चासो प्रकट गरेका छन् ।
उनले संविधान निर्माण प्रक्रियामा संलग्न सरोकारवालासँग ‘अधिकतम लचकता’ अपनाउन र भविष्यमा अस्थिरताको स्थिति देशमा आउन नदिन आग्रह समेत गरेका छन् ।
संविधानसभाले असोज ३ मा जारी गर्ने गरी संविधानका धाराहरू पारित गरिरहेकै बेला रेले भारतको चासो प्रकट गरेको समाचार नागरिक दैनिकले छापेको छ ।
समयमै नयाँ संविधान कार्यान्वयनका निम्ति सबैलाई यसको अंग बनाएको हेर्न भारतले चाहेको उनले बताए।
नेपालको सामाजिक तथा राजनीतिक विकासमा भारतको निरन्तर सहयोग रहने दृढता व्यक्त गर्दै रेले समाधान हुन नसकेका विषयलाई निरन्तर संवादमार्फत् समाधान गर्नुपर्ने सुझाव दिए।
उनले संविधान जारी गर्ने प्रक्रियामा भएको प्रगतिको स्वागत गरे पनि सबैलाई प्रक्रियामा ल्याउन दलहरूले विगतमा गरेका प्रतिवद्धताहरूमा अड्नसमेत आग्रह गरे ।















प्रतिक्रिया