५ कार्तिक २०८३, बिहिबार

नेपाली महिला बलात्कार गर्ने साउदी कुटनीतिज्ञले भारत छाडे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahilaकाठमाडौं, ३१ भदौ । भारतको गुडगाउँसिथत निवासमा नेपालका २ युवतीलाई बलात्कार गरेको आरोप लागेका साउदी अरेबियाका कुटनीतिज्ञ मजिद असुरले बुधबार भारत छाडेका छन् ।

नयाँदिल्लीस्थित साउदी अरेबियन दूतावासका प्रथम सचिव असुरले भातर छाडेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपलाई उदृत गर्दै पीटीआईले जनाएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

केही संचारमाध्यमले उनलाई भारतले देश निकाला गरेको हुन सक्ने दाबी गरेका छन् ।