५ कार्तिक २०८३, बिहिबार

बालुवाटारमा माधव पड्किएपछि प्रधानमन्त्रीको सातो गयो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MadhavKumarNepalकाठमाडौं, ३० भदौ । प्रधानमन्त्री सुशील कोइराला तत्कालै संविधान आइहालोस् भन्ने पक्षमा थिएनन् भन्ने कुरा भएन ।

पक्षमा थिएनन् भन्ने लुकेको कुरा भएन । संविधान ल्याउन लागेजस्तो देखाइरहने तर, पदमा दखल नहोस् भनेर अन्तिम घडीमा पनि कहिले विजयकुमार गच्छदारलाई कुर्नपर्छ त कहिले मधेसी मोर्चा वार्तामा आउँछ भने १५ दिन प्रक्रिया रोक्नुपर्छ भनिरहेका उनलाई एमाले नेता माधव नेपालले सबका सामू भने- ‘तपाईं अन्तिममा धोका दिनुहुन्छ भन्ने मलाई पहिल्यै लागेको थियो ।’

प्रसंग शुक्रबार बिहान ९ बजेको हो, जतिबेला प्रधानमन्त्री निवास बालुवाटारमा संविधानसभामा मतदान गर्ने की सार्ने भन्नेमा छलफल चलिरहेको थियो । प्रधानमन्त्री कोइरालाबाट यस्तो कुरा आएपछि पूर्व प्रधानमन्त्री नेपाल रन्किए ‘तपाईंहरु अन्तिम बेलामा यस्तै गर्नुहुन्छ । धोका दिनु नै तपाईंहरुको विशेषता हो । आजको मतदान रोक्ने हो भने उनीहरु वार्तामा आउछन् भन्ने आधार के ? मैंले थाहा पाएसम्म आज मतदान रोके पनि उनीहरु वार्तामा आउँदैनन्, यो खाली विलम्ब गर्ने कोशिस मात्र हो ।’

त्यसपछि भारतले पनि दबाब दिएको पार्टी भित्रै पनि दबाब रहेको साझा निष्कर्षमा नेताहरु पुगेपछि दुई दिन कुनै अनि असन्नुष्ट दल वार्तामा नआए प्रक्रियामा जाने सहमति बनेको थियो । अाजकाे बुधबार साप्ताहिकमा खबर ।