सानैदेखि ब्रत बसियो । सानोमा फलफूल खान पाइन्छ । चिनीपानी खानपाइन्छ भनेर सानो उमेरका बेला ब्रत बसिन्थ्यो । सुरुसुरुमा सानोमा खान पाइन्छ भनेर ब्रत बसियो । पछि सामाजिक रुपमा ब्रत बसियो । विहे भएपछि श्रीमान् र सामाजिक सद्भावका लागि ब्रत बसियो । दरखानाले मान्छेहरूलाई एकाकार गराउँदो रहेछ । तीजको कथा सुन्ने बेला हाम्रो संघर्षको अधिकारको प्राप्तिको दिन हो भन्ने लाग्यो । छोरीलाई बाबाले जसलाई सोँच्यो त्यसलाई दिने । विहे गरिदिने परम्पराविरुद्ध पनि तीजलाई बुझ्नु पर्छ । त्यसैलाई श्रीमानलाई मान्नुपर्ने । मन परोस्–नपरोस् । पार्वतीले बाबुविरुद्ध विद्रोह गरेर आफूले चाहेको पति पाउनुपर्छ भनेर विष्णुलाई अस्वीकार गरी शिवसँग विहे गरेको धार्मिककथाले महिलालाई आफ्नो अधिकारका लागि विद्रोह गर्न सिकाएको छ । यो कथाको महत्वलाई गहिराइमा गरए बुझ्नुपर्छ । यो तीज महिला अधिकारको पर्व पनि हो । धार्मिक कथाहरूले त्यसलाई इँङगित गर्छ ।
















प्रतिक्रिया