काठमाडौं, ३० भदौ । असोज ३ मा संविधान जारी भएलगत्तै नयाँ सरकार निर्माण हुने भएको छ ।
संविधान निमार्णमा सहकार्य गरेका प्रमुख ३ दलले संविधान जारी हुनासाथ नयाँ सरकार निर्माणमा छलफल थाल्ने बताएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
संविधान जारी भएको १ महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नुपर्दछ भने २० दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्छ ।
७ दिनभित्र प्रधानमन्त्री चयन गनुपर्ने संविधानको नयाँ विधेयकमा उल्लेख छ ।















प्रतिक्रिया