भीमदत्तनगर, २९ भदौ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत झलारी-दैजी सडकखण्डमा पर्ने अर्जुनी व्यारेकनजिक आज भएको बस दुर्घटनामा २३ जना घाइते भएका छन् ।
छ गम्भीर घाइतेलाई महाकाली अञ्चल अस्पतालले थप उपचारका लागि भारत पठाइएको छ भने सामान्य घाइते १८ जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
ना४ख ४०९२ नम्बरको बसले सोही दिशाबाट आइरहेको ना३ख १४०९ नंको बसलाई उछिन्ने क्रममा दुईवटै बस दुर्घटनामा परेको वडा प्रहरी कार्यालय महेन्द्रगरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया