१० कार्तिक २०८३, मंगलबार

एयरपोर्टमा दश किलो सुन भेटियो, एक जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold_mising_Silverकाँकडभिट्टा (झापा), २९ भदौ । भद्रपुर विमानस्थलबाट अवैध रुपमा काठमाडौँ लैजान लागिएको अवस्थामा आज अपराह्न १० किलो सुनसहित एक जना पक्राउ परेका छन् ।

भद्रपुरबाट काठमाडौं जान लागेको बुद्ध एयरलाइन्सको फ्लाइट नं ९५६ बाट काठमाडौँ जान लागेका ललितपुर घर भएका सोनाम गुरुङ सो परिमाणको सुनसहित पक्रउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले जाँच गर्दा राईले जुत्तामा लुकाएको अवस्थामा सुन फेला पारेको हो । यति ठूलो परिमाणमा झापामा सुन पहिलो पटक बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक पुष्कलराज रेग्मीले बताउनुभयो । अभियुक्त गुरुङ भारतबाट सुन तस्करी गिरोहको भरिया हुन सक्ने प्रहरीको अनुमान छ । रासस