१० कार्तिक २०८३, मंगलबार

फोरमका केन्द्रीय सदस्य बबन सिंहलाई चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baban_singhकाठमाडौं, २९ भदौ । मधेस समाजवादी फोरमका केन्द्रीय सदस्य एवं पूर्वसभासद बबन सिंहले रौतहटको गौरस्थित कोहिनुर एफएममा अन्तर्वार्ता दिने क्रममा पत्रकारलाई दिइएको धम्कीप्रति नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ रौतहट शाखाका अनुसार भदौ २८ गते गौरको कबिर चोकमा मोर्चा र प्रहरीबीच भएको झडपको समाचार प्रकाशित गरिएको विषयलाई लिएर सिंहले कान्तिपुर दैनिकका शिव पुरी, नागरिक दैनिकका मदन ठाकुर र एभिन्यूज टेलिभिजनका गौतम श्रेष्ठलाई जिउँदै जलाएर मारिने धम्की दिएका थिए ।

‘आपत्तिजनकमात्र होइन आपराधिक मनोवृत्तिबाट ग्रसित रहेको छ’, महासंघका महासचिव उजिर मगरद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारलाई हतोत्साहित र आतंकित बनाउने गरी दिइएको यो धम्कीको कडा शब्दमा भत्र्सना गर्दछ ।’

पत्रकारमाथि दिनहुँ बढ्दै गएको यस्ता घटना नियन्त्रणमा गम्भीर हुन र सञ्चारकर्मीलाई निर्बाध रुपमा समाचार संकलन, संप्रेषण र भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन महासंघले सरकारसँग माग गरेको छ ।

यसैगरी भदौ २८ गते बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले हानेको ढुंगा लागेर फोटो पत्रकार अशोक महर्जन घाइते हुनुका साथै उहाँको क्यामेराको लेन्स फुटेको महासंघले जनाएको छ ।

सोही क्रममा प्रहरीले हानेको पानीको फोहोराले एएफपी र थोमसन रोयर्टसका फोटो पत्रकारहरू प्रकाश माथेमा र नभेष चित्रकारको क्यामेरामा क्षति पुगेको र गोरखापत्रका फोटो पत्रकार विकास द्वारे घाइते भएकोमा महासंघले दुःख व्यक्त गरेको छ ।