कञ्चनपुर, २९ भदौ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थरुहटका तीन कार्यकर्तामाथि सार्वजनिक मुद्दा दर्ता गरेको छ ।
गत शुक्रबार कञ्चनपुरको बेलौरीमा आयोजना गरिएको थरुहट थारुवान सङ्घर्ष समितिको आमसभामा घरेलु हतियारसहित सहभागी भएका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको हो ।
मुद्दा दर्ता गरिएकामा बेलौरी नगरपालिका–४ बुटावरीका ३५ वर्षीय लक्ष्मण चौधरी, सोही नगरपालिका रिछाहाका १६ वर्षीय सुरेश राना र नयाँगाउँका २१ वर्षीय सुरेश चौधरी रहेको प्रहरी नायब उपरीक्षक केदार खनालले बताउनुभयो ।
“तीनै जनामाथि सार्वजनिक मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएका छौँ” उहाँले भन्नुभयो । रासस















प्रतिक्रिया