१ कार्तिक २०८३, शनिबार

संविधान जारी भएपछि क-कस्को पद धरापमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Rambaran-&-Parmanand

संविधानसभाले जतिजति छिटो संविधानका धारा पारित गर्दै गएको छ, त्यतित्यति ती पदमा आसिनहरूको मुटूको गति बढ्दैछ । यतिसम्मकी केही मन्त्रीहरूले ललितपुरको पुल्चोकस्थित मन्त्री निवासबाट डेरा सार्ने सोँच बनाउन थालेको स्रोतको भनाइ छ । संविधान जारी भइ लागू भएपछि प्रधानमन्त्री सुशील कोइरालासहितका उपप्रधानमन्त्री र मन्त्रीहरूले पद छाड्नुपर्नेछ । त्यसै गरी राष्ट्रपति डा.रामवरण यादव र उपराष्ट्रपति परमानन्द झाले पनि पद छाड्नुपर्नेछ । सभामुख सुवासचन्द्र नेम्वाङ र उपसभामुख ओनसरी घर्तीको पनि पद जानेछ । पछि प्रमुख तीन दल कांग्रेस, एमाले र एकीकृत माओवादीबीच छलफल गरेर रिक्त हुने ती सबै पदहरू बाँडफाँट गरेर आआफ्ना पार्टीबाट पूर्ति गर्नेछन् । ती पदमा पुराना अनुहार पनि दोहरिन सक्ने नेताहरूको भनाइ छ ।