काठमाडौं, २९ भदौ । पश्चिम एसियाली मुलुक लेबनान पुगेर बढीमा ९ वर्षयता गैराकानुनी हैसियतमा रहेका ४० नेपाली युवतीलाई नेपाल फिर्ता पठाइएको छ ।
इजिष्टस्थित नेपाली दूतावासको समन्वयमा गैरकानुनी कामदारको जरिवाना शुल्क मिनाहा गर्दै घर फिर्ता गरिएका युवतीको हवाइ टिकट खर्च अन्तर्राष्ट्रिय आप्रवासन संगठनले र वैदेशिक रोजगार प्रर्बद्धन बोर्डले व्यहोरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
ती ४० मध्ये श्रम स्वीकृती लिएर रोजगारीमा गएका ८ युवतीको टिकट खर्च पनि बोर्डले व्यहोरेको छ ।















प्रतिक्रिया