५ कार्तिक २०८३, बिहिबार

तराईका दङ्गाग्रस्त जिल्लाहरूमा छ सय कमान्डो परिचालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Policeकाठमाडौं, २८ भदौ । नेपाल प्रहरीले करिव ६ सय जनाको कमान्डो टोली दंगाग्रस्त जिल्लामा परिचालन गरेको छ ।

प्रहरी उच्च स्रोतका अनुसार संविधान जारी गर्ने सरकारको तयारी भएलगत्तै मध्य तराई र पूर्वका केही जिल्लामा सो टोली परिचालित भएको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

करिब २ सातादेखि प्रहरी प्रधान कार्यालयले डीएसपी र एसपी नेतृत्वमा टोली खडा गरेपनि एक साता अघिदेखि कमान्डो परिचालन गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले २० जनाको ४० वटा कमान्डो टोली निर्माण गरेको स्रोतको भनाई छ ।