हुम्ला, २६ भदौ । नेपाल–चीनबीच सीमावार्ता भोलि हुम्लाको सिमिकोटमा हुँदैछ ।
चीनको पुरान काउन्टीका सेक्रेटरी गाओ बोगाउको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली भोलि बिहान ११ बजे सिमिकोट आइपुग्ने प्रमुख जिल्ला अधिकारी कृष्ण घिमिरेले जानकारी दिनुययो ।
तीन वर्षदेखि हुन नसकेको यो वार्ता नेपालमा पहिलोपटक हुन लागेको हो । यसअघि सो वार्ता चीनमा मात्रै हुँदै आएको थियो । यसपटक आफ्नो विशेष यो वार्ता नेपालमा हुन लागेको प्रजिअ घिमिरेले बताउनुभयो । वार्ताका लागि मन्त्रालयबाट स्वीकृतसमेत लिइएको उहाँले जानकारी दिनुभयो ।
वार्तामा सीमाबाट हुने अवैध गतिविधि रोक्ने, पशु चरणसम्बन्धी समस्या, हिन्दू तथा बौद्ध धर्मावलीहरुको पवित्र तीर्थस्थल कैलाश मावरोवरको दर्शन, पुरान काउन्टीका लगानीकर्ता जिल्लाका आकर्षित गर्ने, हम्लाको उत्तरी क्षेत्र हिल्सामा चीनबाट विद्युत्
विस्तारलगायत विषयमा छलफल हुने प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।
वार्तामा नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी घिमिरेको नेतृत्वमा स्थानीय विकास अधिकारी रवि भट्टराई, प्रहरी नायब उपरीक्षक त्रिलोकबहादुर चन्द, सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज न्यौपाने, राष्ट्रिय अनुसन्धानका होमराज रेग्मी सहभागी हुने कार्यक्रम छ ।
चिनियाँ टोली हुम्ला आउने भएपछि जिल्ला सदुरमकामा सरसफाइ र विभिन्न ठाउँमा स्वागत द्वारसमेत बनाइएको छ । टोलीलाई बाजागाजा तथा झाँकीसहित स्वागत गर्ने कार्यक्रम छ । वार्तापछि पाहुना टोलीलाई रारा तारा घुमाउने कार्यक्रम रहेको जनाइएको छ । रासस















प्रतिक्रिया