१० कार्तिक २०८३, मंगलबार

कैलालीबाट युवा संघको सुझावः सामाजिक सदभाव कायम राख्न जातीय राज्य नबनाऔं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Youth-force-kailali-1

धनगढी, २६ भदौ । युवा संघ नेपालका केन्द्रिय सचिब किरण पौडेलले नेपालमा भौगलिक अध्ययन गरेर जनताको सम्पन्नताको सम्भाब्यताहरुको खोजी गर्नुपर्ने बताएका छन् ।

‘राष्ट्रिय एकता, शान्ति, संबिधान र सामाजिक सद्भाबका लागि युवा अभियान अन्तर्गत शनिबार कैलालीमा आयोजित वृहत युवा भेलामा उनले जैविक, जलबायु, भौगोलिक र सांस्कृतिक बिबिधता नै हाम्रो देशको मुख्य बिशेषता भएको र त्यही बिशेषताहरुकै आधारबाट मुलुक र जनताको सम्पन्नताको सम्भाब्यताहरुको पहिचान गर्नुपर्ने बताएका हुन ।

बिबिधता बिनाको समाज जतिसुकै सम्पन्न भएपनी त्यस्ले सामाजिक र सांस्कृतिक सौन्दर्य भर्न नसक्ने र कालान्तरमा सामाजिक गति बोक्न नसक्ने उराठ लाग्दो बगरको रुप लिने सम्भावना रहने उनले बताए ।

Youth-force-kailali

हाम्रो देश सदियौंदेखी १२५ जातजाति र १२३ भाषा भाषीबीचको हार्दिकता, सौहार्दता र अत्यन्त मिठास पूर्ण अन्तर्घुलनको अनुपम नमुनाको रुपमा स्थापित छ । तर यो सम्बेदनशील घडीमा आएर यो बिबिधतापूर्ण समाजलाई बिभाजित गर्ने गलत र स्वार्थ केन्द्रित प्रयासहरु प्रस्फुटित हुन खोज्दैछन यो नेपाल र नेपाली जनताको हित बिपरित छ । यसर्थ ति सबै जातजाति, भाषा भाषी र समुदायको समुन्नत बिकास र उत्थानका निम्ती बहुपहिचान सहितको संघियतालाई सम्बोधन गर्दै तत्काल संबिधान जारी गर्नुपर्नेमा उनले जोड दिए ।

यो देशका आदिबासी, जनजातिहरु हाम्रा गहना हुन तर, शिक्षा र चेतनाको बिकासले मात्र हामी त्यो गहनालाई टल्काउन सक्छौ, अन्याय, अत्याचार, शोषन र दमन त्यही समुदायभित्रै छन र शोषक बर्ग पनि त्यही छन । तर यो गाम्भिर्यताको बेवास्ता गर्दै आफ्नो निहित स्वार्थ प्राप्तिका लागि मधेसबादी भनिने दलहरु निर्दोष आदिबासी, जनजातिहरुलाई गलत ढंगले उपयोग गर्न मात्र उद्दत रहेको उनको भनाई थियो ।

कार्यक्रममा एमाले सेती ईन्चार्ज महेश्वर पाठक, जिल्ला सचिब राणा बहादुर चन्द, एमाले आदिबासी नेता नेपालु चौधरी, युवा नेता मदन रेग्मी, राजेश खाती लगायतले जातीय सद्भाबका लागि बहुपहिचान सहितको संघीयता हुनुपर्नेमा जोड दिएका थिए ।