
काठमाडौं, २६ भदौ । चुरेभावर राष्ट्रिय एकता पार्टीका अध्यक्षसहित करिब आधा दर्जन पदाधिकारीहरु सवारी दुर्घटनामा परि गंभिर घाईते भएका छन ।
सर्लाहीमा आयोजित सभालाई संबोधन गर्न काठमाडौंबाट त्यतातर्फ जाने क्रममा आज (शनिबार) दिउँसो बर्दिबासमा उनीहरु सवार ना ३ च २६२३ नम्बरको बोलेरो जिप सडक भन्दा दुई सय मिटर परसम्म गुल्टीदै दुर्घटनाग्रस्त भएको हो ।
घटनामा अध्यक्ष बद्री प्रसाद न्यौपाने सामान्य घाईते भएका छन भने सहअध्यक्ष कृष्ण गोपाल श्रेष्ठको खुट, प्रवक्ता केदार प्रसाद निरौलाको हात, सर्लाही जिल्ला अध्यक्ष तुलसीप्रसाद हुमागाईको हात भाच्चिएको छ ।
चाल बिमल विक गम्भीर घाइते भएका छन् । उनीहरु बर्दिवासको जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।















प्रतिक्रिया