१० कार्तिक २०८३, मंगलबार

फ्यानमा नयाँ कार्यसमिति, गैरे पुनः अध्यक्षमा निर्बाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fan

काठमाडौं, २६ भदौ । फ्लोरिकल्चर एशोसियशन नेपालको २३ औं साधारण सभाले लोकनाथ गैरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

राजधानीमा सम्पन्न निर्बाचन बाट ११ सदस्य सहितको कार्यसमिति निर्बाचित भएको हो । अध्यक्ष पदमा लोकनाथ गैरे दोस्रो कार्यकालका लागि निर्बिरोध निर्बाचित हुनुभएको हो भने अन्य पदमा मतदान भएको थियो । फ्यानको उपाध्यक्षमा दिलिप बादे, महासचिबमा मिन बहादुर तामाङ, कोषाध्यक्षमा शिब बहादुर खड्का निर्बाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा सिताराम पन्त, राम बहादुर तामाङ, महेन्द्र बहादुर सुबेदी, पाण्डब श्रेष्ठ, मिना तामाङ, रामजी कुँवर र रोशन श्रेष्ठ निर्बाचित हुनुभएको छ । साधारण सभामा पोखरा, चितवन, धादिङ, काभ्रे, काठमाडौं, ललितपुर र भक्तपुरका गरि २ सय ५३ साधारण सदस्यहरुको सहभागिता रहेको थियो ।

नेपाल उद्योग बाणिज्य महासंघकी बरिष्ठ उपाध्यक्ष भबानी राणाले आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने बिषयमा लाग्नुपर्नेमा जोड दिनुभयो । उनले नितीगत रुपमा सरकारले सहयोग गर्नुपर्ने र निर्यात प्रबद्र्धनका लागि ब्यबसायीहरुले उत्पादन बृद्धिमा लाग्नुपर्ने बताउनुभयो ।

यस्तै महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले ब्यबसाय बृद्धिका लागि शान्ति शुरक्षा प्रमुख बिषय भएको बताउनुभयो । कृषि बिकास मन्त्रालयका सहसचिब उदयचन्द्र ठाकुरले देश भित्र कृषि उत्पादन बृद्धिका लागि सरकारले सक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो ।