१० कार्तिक २०८३, मंगलबार

बारामा मधेसी मोर्चाले चिनी बोकेका तीन ट्रक जलायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

band-gadi
फाइल तस्वीर

कलैया, २६ भदौ । मनहरा गाविसस्थित रिलाइन्स सुगर मिलबाट उत्पादित रु ३२ लाख बराबरको चिनी लादिएको तीन वटा ट्रकमा आज बिहान करिब ३ः३० बजे २५–३० जना आन्दोलनकारी समूहले आगजनी गरेको छ ।

उत्पादित चिनी काठमाडौँ पठाउनका लागि ना ४ ख २९२७, ना ५ ख ८७६१ र ना ५ ख २९९५ तीन ट्रकमा रु ३२ लाख बराबरको एक हजार २७० बोरा राखिएको थियो । ती ट्रक मनहराबाट पिलुवा हुँदै काठमाडौँतर्फ जाने क्रममा आन्दोलनकारीले चिनी मिलदेखि करिब तीन किमी टाढा रोकी क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त आगजनीमा परी ना ५ ख ८७६१ र २९९५ नंका दुई ट्रकमा पूर्ण रुपले क्षति पुगेको छ । घटनास्थलमा प्रहरी टोली पुगी छानबिन रहेको छ । सो घटनामा उमेश यादवको नेतृत्वमा रहेको सङ्घीय मधेसी मोर्चा समूहले जिम्मेवारी लिएको थाहा भएको छ । रासस