१० कार्तिक २०८३, मंगलबार

रेडियो अन्नपूर्ण नेपालको भ्यानमा तोडफोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

van-attackकाठमाडौं, २६ भदौ । अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत सञ्चालित रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्जको भ्यानमा शुक्रबार राति राजधानीको न्यूरोड गेट अगाडि एक अज्ञात समूहले आक्रमण गरेको छ ।

गुडिरहेको गाडीमा इट्टा प्रहार गर्दा भ्यानको अगाडिको सिसा फुटेको छ । ‘अचानक ड्याम्म सिसामा आवाज आयो र गाडी असन्तुलित भयो । धन्न रोक्न सके । गाडी रोकेपछि चार जना जतिको समूह न्यूरोडतिर भाग्दै गल्लीभित्र छिरे’, चालक रमेश गिरीले भने –‘त्यसपछि प्रहरीलाई खबर गरे ।’

प्रहरीले आक्रमणकारीलाई खोजी भइरहेको बताएको छ । न्यूरोडस्थित जनसेवा वृत्तका डिएसपी विनोद घिमिरेले भने– ‘रातीको समयमा लुकेर आक्रमण गरेको देखिन्छ । आक्रमण गर्ने समूहको खोजी कार्य भइरहेको छ ।’