
साना (यमन), २६ भदौ । इरान पक्षधर यमनी विद्रोहीद्वारा पूर्वी यमनको मारिव नामक एक व्यस्त शहरमा गरिएको रकेट आक्रमणमा परी शुक्रबार कम्तिमा २० जना यमनी नागरिकको मृत्यु भएको यहाँस्थित चिकित्सक एवम् प्रत्यक्षदर्शीले जनाएका छन् ।
कात्युसा नामक त्यो रकेटको आक्रमणमा परी बीस जना यमनी नागरिकको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका चिकित्सकले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार विद्रोहीले मारीव प्रान्तीय राजधानीलाई निशाना बनाई आक्रमण गरेका थिए ।
विद्रोहीले साउदी अरबले नेतृत्व गरेको फौजले मारिव प्रान्तमा हेलिकप्टर प्रयोग गरी गरेको आक्रमणमा सात जना हुठी सिया विद्रोही तथा उनीहरूका सहयोगीको मृत्यु भएको केही घण्टापछि सरकारी फौज विरुद्ध हवाई आक्रमण गरेका बताइएको छ ।
अरब नेतृत्वको संयुक्त फौजले मारिब प्रान्तमा विद्रोही सेनाले प्रयोग गरेको एउटा गाडीे तथा यसको छिमेकी प्रान्त शवामा विद्रोही सेनाको आश्रयस्थललाई निशाना बनाएको सरकारी सैनिक स्रोतले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार यमनको द्वन्द्वका कारण गएको मार्चदेखि अहिलेसम्म करीब ४,५०० मानिसको मृत्यु भएको छ । रासस/एएफपी















प्रतिक्रिया