१० कार्तिक २०८३, मंगलबार

कञ्चनपुरमा थरुहटको विरोधसभा, हतियार बोकेका चार थारु युवा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tharu-kailali (1)महेन्द्रनगर, २५ भदौ । थरुहट-थारुवान संयुक्त संघर्ष समितिले कञ्चनपुरको बेलौरीमा आयोजना गरेको विरोध सभामा हतियार बोकेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार आयोजना गरिएको विरोध सभामा घरेलु हतियारसहित प्रवेश गर्न खोज्दा बेलौरी नगरपालिका ८ ढक्का चौराहका २६ वर्षीय दिपेश चौधरी, १६ वर्षीय सुरेश रानालाई प्रहरीले चक्कुसहित पक्राउ गरेको हो ।

यस्तै, बेलौरी नगरपालिका ३ भुराकोटका ३१ वर्षीय सुरेश चौधरी, वडानम्बर ४ बुटाबारीका २५ वर्षीय लक्षम चौधरीबाट गुलेली र मट्यांग्राहरुसहित पक्राउ गरेको छ । पक्राउ परेका चारैजनालाई ईलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा राखिएको छ ।

यसैबीच थारु नेताहरुले नेपाली दाजुभाईसंग आफूहरुको लडाई नभई अधिकार प्राप्तिका लागि राज्यसंगको लडाई भएको बताएका छन् । आमसभालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले बेलौरीमा सुरक्षा व्यवस्था निकै कडा पारेको थियो । सुरक्षा निकायले आमसभा स्थलमा सहभागी हुनेलाई चेकजाँच गर्दै जान दिएको थियो ।