दाभाओ सिटी, २५ भदौ । फिलिपिन्स एयरलाइन्सको एक विमान शुक्रबार दक्षिणी फिलिपिन्समा आकस्मिक अवतरण गरेको समाचार छ ।
करिब १२० जना यात्रु सवार रहेको एक विमान विमानभित्र नै आगलागी भएर धुवाँ निस्केपछि सो विमान अवतरण गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
फिलिपिन्स एयरलाइन्सको उडान पिआर –१८१४ मा चालक दलका सदस्यसहित १२८ जना यात्रु सवार रहेका सो एयरलाइन्सले जनाएको छ ।
सो विमान दक्षिणी सहर दाभाओ सहरबाट दाभाओ अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किरहेको अवस्थामा आकस्मिक अवतरण गरिएको जनाइएको छ ।
सो घटना स्थानीय समय अनुसार शुक्रबार अपरान्ह १ः३४ बजे भएको दक्षिण मिन्दानाओ सहरका प्रहरी क्षेत्रीय प्रवक्ता आन्टोनिया रिभेराले बताउनु भएको छ ।
राष्ट्रिय ध्वजावाहक सो विमानको कार्गो क्षेत्रबाट आगलागी सुरु भएपछि चार मिनेटपछि नै आकस्मिक अवतरण गरिएको जनाइएको छ ।
यस घटनाको कारण अनुसन्धारत रहेको उक्त एयरलाइन्सका अधिकारीहरुले जनाएका छन् । रासस÷सिन्ह्वा















प्रतिक्रिया