३१ आश्विन २०८३, शनिबार

रिलायबल रेमिट र एनएमबी सुलभ रेमिटबीच सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Reliable-bankकाठमाडौं, २४ भदौ । सेवा विस्तारको लागि रिलायबल रेमिट र एनएमबी सुलभ रेमिटबीच रेमिट्यान्स सम्झौता भएको छ ।

रिलायबल रेमिट तथा रिलायबल डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र एनएमबी सुलभ रेमिट तथा एनएमबी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार, रिलायबल रेमिटलाई एनएमबी सुलभ रेमिटको सुपर एजेन्ट र एनएमबी बैंकलाई रिलायबल रेमिटको एजेन्टको रुपमा नियुक्त गरिएको छ । सो पश्चात एनएमबी सुलभ रेमिटमार्फत विदेश तथा आन्तरिक रेमिटबाट आएको रकम रिलायबल रेमिटको २९०० भन्दा बढी संजालबाट प्राप्त गर्न सकिने छ ।

साथै एनएमबी बैंकका सबै २९ शाखाहरुबाट रिलायबल रेमिटको रेमिट्यान्स सेवा प्राप्त गर्न सकिने छ ।