३१ आश्विन २०८३, शनिबार

को-को पिटले ‘प्लाष्टिक ट्रे’को उत्पादनमा २१ प्रतिशत बृद्धि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Healthy seedling production in Plastic tray_205 (4)

– विश्वराज पछल्डङ्ग्या
नयाँ प्रविधिबाट माटोको ब्याडमा बेर्ना उत्पादन गर्ने प्रविधि बाँकेमा भित्र्याइएको छ । ‘प्लाष्टिक ट्रे’ मा को–को पिटको प्रयोग गरि स्वस्थ बेर्ना उमार्ने प्रविधि भित्र्याइएको हो ।

खुल्ला माटोमा विभिन्न प्रकारका हानिकारक ढुसीहरु हुने भएकोले खुल्ला माटोमा नर्सरी राख्दा ५० प्रतिशत भन्दा बढी मात्रामा बेर्ना रोग लागेर मर्ने गरेकोले ‘प्लाष्टिक ट्रे’ मा को–को पिटको प्रयोग गरेर स्वस्थकर बेर्ना उमार्न सकिने आडिई नेपालका एकीकृत शत्रुजीव ब्यवस्थापन अन्वेषण प्रयोगशाला कार्यक्रम (आइपिएमआइएल) नेपालगन्जका क्षेत्रीय संयोजक ललित प्रसाद साहले जानकारी दिए ।

उनले स्वस्थ बेना उत्पादनका लागि कृषकलाई उचित ज्ञान र प्रविधिको बारेमा जानकारी नहुँदा रोग ग्रस्त विरुवाहरु प्रयोग गर्न बाध्य भएको साहले बताए । उनले भने, ‘स्वस्थ बेर्ना उत्पादन गर्ने विधि र प्रविधिको बारेमा ज्ञान नहुँदा उत्पादनमा ह्रास आउने गरेको छ । यस विधिको प्रयोगले बेनाहरु स्वस्थर आकर्षक भई उत्पादनमा पनि बृद्धि हुन्छ ।’

Healthy seedling production in Plastic tray_205 (3)आइपिएमआइएल कार्यक्रमले बाँके र सुर्खेतमा नयाँ प्रविधि भित्र्याएको छ । नवलपरासी, कास्की र ललितपुरमा सफल भएको प्रविधि बाँके र सुर्खेतमा पुनः परिक्षण गरिएको साहको भनाइ छ । ‘नवलपसारीको हावा पानी र बातावरण बाँकेसँग मिल्ने र ललितपुर तथा कास्कीको हावा पानी सुर्खेतसँग मिल्ने भएकोले हाल यी दुई जिल्लामा ‘प्लाष्टिक ट्रे’ प्रविधिबाट बेर्ना उत्पादन गर्ने सीप हस्तान्तरण भइरहेको छ,’ साहले भने ।

उक्त प्रविधिबाट ९० देखि ९५ प्रतिशतसम्म बिउ उमार शक्ति हुने गरेको छ । भने, पानीको राम्रो निकास हुने भएकोले कम आद्रताको कारण को–को पिटमा उमारेको बेर्नामा कम रोग लाग्ने भएकोले स्वस्थकर हुने अनुसन्धानबाट देखिएको छ ।

‘प्लाष्टिक ट्रे’ मा को–को पिटको प्रयोग गरि उत्पादन गरिएका बेर्नाबाट १६ देखि २१ प्रतिशतसम्म उत्पादनमा बृद्धि हुन्छ,’ साहले भने, यो प्रविधिबाट रोक मुक्त स्वस्थ बेर्ना उत्पादन हुने भएकोले मानिसलाई स्वस्थ रहन समेत मद्दत गर्छ ।’

को–को पिटमा अक्सिजन राम्रो मात्रामा पाइने भएकोले जराको राम्रो विकास हुने सिप्रेडका एकीकृत शत्रुजीव ब्यवस्थापन अन्वेषण प्रयोगशाला कार्यक्रम (आइपिएमआइएल) का बाँके जिल्ला संयोजक विजया पौडेलले जानकारी दिइन् । ‘प्लाष्टिक ट्रे’ मा को–को पिटको प्रयोग गरि उत्पादन गरिएको टमाटर र काउलीको बेर्ना देखाउँदै पौडेलले भनिन्, ‘टमाटरको बेर्ना उत्पादन गर्नका लागि आवश्यक पर्ने क्याल्सियम र पोटास तत्व को–को पिटमा पाइने भएकोले यो प्रविधि उत्तम छ ।’

IMG_3082‘प्लाष्टिक ट्रे’ मा उमारेको बेर्ना एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न सजिलो हुने र बेर्नालाई को–को पिटसहित सार्ने हुँदा जरालाई असर हुनबाट जोगाउने उनले बताइन् । यो प्रविधि स्वस्थ बेर्ना उत्पादनका लागि अति उत्तम भए पनि सावधानी अपनाउन आवश्यक रहेको उनले बताइन् । ‘बेर्नालाई किराको आक्रमणबाट जोगाउन जाली घर वा संरक्षित घर भित्र राख्दा उपयुक्त हुन्छ,’ पौडेलले भनिन्, ‘खाद्य तत्व बगेर जाने समस्या तथा रोगको आक्रमणबाट जोगाउन अत्याधिक सिचाइँ दिन हुँदैन ।’

को–को पिटलाई माटोमा मिसाउँदा माटोको संरचना तथा गुणस्तरमा बृद्धि हुन्छ । भने, निर्मलिकरण गरिएको हुँदा रोग मुक्त भएको उनले बताइन् । उनले बाँकेको सीतापुर, नौवस्ता लगायत गाविसका कृषकलाई ‘प्लाष्टिक ट्रे’ मा को–को पिटको प्रयोग गरि स्वस्थकर बेर्ना उमार्ने प्रविधि प्रदान गरिएको र कृषकले उक्त प्रविधि प्रयोग गरेर बेर्ना उत्पादन गरिरहेको जानकारी दिइन् ।