२१ कार्तिक २०८३, शनिबार

किन बोलाए राष्ट्रपतिले दाहाललाई शीतल निवासमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rambaran-prachandaकाठमाडौं, २४ भदौ । राष्ट्रपति डा.रामवरण यादवले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर मुलुकको पछिल्लो राजनीतिक अवास्थाका विषयमा परामर्श गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको छलफलमा संविधान निर्माणका क्रममा असन्तुष्ट समूह, दलको आन्दोलन र राजनीतिक अवस्थाका विषमया छलफल भएको बुझिएको छ ।

एमाओवादी अध्यक्ष दाहालका स्वकीय सचिव चुडामणि खड्काले भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधान निमार्णका विषयमा छलफल भएको बताउनुभयो ।

तराई मधेशका जिल्लाहरुमा थारु र मधेसी दल तथा संघसंगठनहरुले आन्दोलन जारी राखेको तथा हिंसात्मक प्रदर्शन भइरहेका बेला राष्ट्रपति डा.यादवले एमाओवादी अध्यक्ष दाहालसँग परामर्श गर्नुभएको हो ।