– नरेश के.सी.
मोर्चाकै केन्द्रीय नेताहरु आएर ठूलो दलबलका साथ गाउँगाउँबाट लाखौं मानिसहरु उतार्ने तयारी गरिरहेता पनि उनीहरुको त्यो योजना भने कमजोर देखिएको छ । मोर्चाले कम्तिमा २५ हजार बढीमा एक लाख मानिस उतार्ने भनेर गाउँगाउँमा माईकिंग गरेर अनिवार्य उपस्थितिको लागि आहावन गरेको थियो । तर बुधबारको सभामा मुश्किलले तीन हजार मानिस देखिए । गत भदौं ३ गते भैरहवामा मोर्चाको आयोजनामा भएको विरोध र्यालीमा केही हजार मानिसहरुको उपस्थिति रहेको थियो । छोटो समयमा गरिएको त्यो र्यालीमा त्यतिका धेरै मानिसहरु उपस्थित भएकोले केन्द्रीय तहका मधेस आन्दोलनका सबै कमाण्डर उपस्थित हुने सभामा लाखौं मानिस जुट्ने अड्कलबाजी गरिएको थियो ।
















प्रतिक्रिया