२१ कार्तिक २०८३, शनिबार

भैरहवामा मधेसी मोर्चाका कार्यकर्ता किन आएनन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-Madheshiभैरहवा, २४ भदौ । बहुप्रचारित भैरहवाको विरोधसभाको तयारीको लागि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो विगत ४ दिनदेखि भैरहवा र तौलिहवा क्षेत्रमा डेरा जमाएर बसेका थिए ।

महन्त ठाकुर, उपेन्द्र यादव, महेन्द्र राय यादव र हृदेश त्रिपाठी केही दिनदेखि यतै थिए । मोर्चाका जिल्ला तथा केन्द्रीयस्तरका नेताहरुले दिनदिनै गाउँगाउँमा विरोध र्‍याली र सभा गर्दै २३ गते भैरहवा जान आह्वान गरिरहेका थिए ।

मोर्चाकै केन्द्रीय नेताहरु आएर ठूलो दलबलका साथ गाउँगाउँबाट लाखौं मानिसहरु उतार्ने तयारी गरिरहेता पनि उनीहरुको त्यो योजना भने कमजोर देखिएको छ ।

मोर्चाले कम्तिमा २५ हजार बढीमा एक लाख मानिस उतार्ने भनेर गाउँगाउँमा माईकिंग गरेर अनिवार्य उपस्थितिको लागि आहावन गरेको थियो ।

तर बुधबारको सभामा मुश्किलले तीन हजार मानिस देखिए । जबकि यसअघि गत भदौं ३ गते भैरहवामा मोर्चाको आयोजनामा भएको विरोध र्‍यालीमा करिब २५ हजार मानिसहरुको उपस्थिति रहेको थियो ।

छोटो समयमा गरिएको त्यो र्‍यालीमा त्यतिका धेरै मानिसहरु उपस्थित भएकोले केन्द्रीय तहका मधेस आन्दोलनका सबै कमाण्डर उपस्थित हुने सभामा लाखौं मानिस जुट्ने अड्कलबाजी गरिएको थियो ।

शंकाआशंका र त्रासकाकारण स्थानीय प्रशासनले चौतर्फी सुरक्षा योजन लागू गरेको थियो । आमसभा शुरु हुनुभन्दा केही समय अगाडिदेखि भैरहवाको आकाशमा सेनाको हवाई गस्ती समेत भएको थियो ।

सुरक्षाका सबै संयन्त्र परिचालन गरिएको थियो । जसका कारण मान्छेहरु डराएर सभामा उपस्थित नभएको देखिएको थियो ।

अर्कोतिर ठाउँठाउँमा गोली चलेको हुनाले यहाँपनि गोली चल्न सक्ने सम्भावनाको कारण मान्छेहरु नआएको हुन सक्ने विश्लेषक बताउँछन् भने मधेसी मोर्चाबीचको फुट पनि अर्को कारण भएको देखिन्छ ।

बडो इमान्दारीपूर्वक लागेका कार्यकर्ताहरुको पछाडि स्थानीय मोर्चाका नेताहरुले ठूलो रकम सहयोग स्वरुप उठाएर स्थानीय उद्योग धन्दा चलाउन दिएको आरोप लगाएका छन् ।

दैनिक रुपमा ज्याला मजदुरी गर्नेहरु २७ दिनदेखि भैरहवा क्षेत्र आक्रान्त हुँदा काम गर्न नपाई रोजीरोटी समेत गुमेको हुँदा आन्दोलरत पक्षप्रति आक्रोसित हुँदै गएका छन् । यस्ता विविध कारणले जनसहभागिता कम भएको आंकलन गरिएको छ ।

भैरहवामा मधेसी मोर्चाको सभा शान्तिपूर्ण

Bhairahawa-ko-madheshi-morcबहुप्रचारित संयुक्त मधेसी मोर्चाको संयुक्त विरोध सभा बुधवार भैरहवामा सम्पन्न भएको छ । स्थानीय प्रशासनले लगाएको निषेधीत क्षेत्रभन्दा बाहिर मायादेवी चौंक (एअरपोर्ट बनगाई मुख्य सडकखण्ड) मा सभा सम्पन्न भएको हो ।

मोर्चाका जिल्ला अध्यक्ष महेन्द्र यादवको सभापतित्व तथा संघीय मधेसी मोर्चाका जिल्ला संयोजक देवेन्द्र पाण्डेको सन्चालनमा सम्पन्न उक्त विरोध सभालाई संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्त ठाकुर, वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठी, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले बोल्दै सरकारलाई कुनै पनि हालतमा घुडा टेकाएरै छाड्ने बताए ।

नेताहरुले अहिलेको सरकारले निरंकुशता लाद्दै मधेसी जनतामाथि अपमान र अत्याचार गरिरहेको जनाए ।

नेताहरुले विरोध सभालाई सम्बोधन गर्दै भने, “अब हामी मधेसी आफ्नो पहिचानको लागि मर्न र मार्न पनि तयार हुनुपर्दछ । राज्यले विगतका सम्झौता कार्यन्वयन नगरे सम्म वार्ता हुँदैन ।”