१ कार्तिक २०८३, शनिबार

कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठक जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-CA-Nepal

काठमाडौं, २३ भदौ । तराईका जिल्लाहरुमा हिंसात्मक प्रदर्शन हुनुका साथै संविधानसभा बैठक बहिष्कारको क्रम तीब्र भएपछि त्यस विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसेको छ ।

संविधानसभा भवन नयाँ बानेश्वरमा जारी बैठकमा संविधानसभा बहिष्कार र तराईमा मधेशी र थारुहरुले गरेको आन्दोलनका विषयमा छलफल भइरहेको बुझिएको छ ।

बैठकले आन्दोलनका माग र संविधानसभाको बैठकलाई कसरी अगाडि बढाउने तथा थारुका मागका विषयमा छलफल गर्नेछ ।