काठमाडौँ, २३ भदौ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरीले संविधान निर्माण प्रक्रियाबाट हाललाई अलग रहनेबारे पार्टीले गरेको निर्णय जानकारी गराउनुभएको छ ।
नयाँ वानेश्वरस्थित संविधानसभा भवनमा अध्यक्ष नेम्वाङलाई भेटेर उहाँले पार्टीले उठाएको जनमत सङ्ग्रहलगायतका एजेन्डामा कुनै सुनुवाइ नभएको जारी पृष्ठभूमिमा पार्टी हाललाई अलग रहने निर्णय गरेको व्यहोरा लिखित रुपमै जानकारी गराउनुभएको हो ।
उक्त पत्रमा संविधान निर्माणको वर्तमान चरणमा आइपुग्दा देशका विभिन्न भागमा जनता आन्दोलित रहेको र कतिपय राजनीतिक प्रक्रियाबाट बाहिरिँदै गएको जनाउँदै राप्रपा (नेपाल)लाई निरन्तर निषेध गर्ने गरिएको उल्लेख गरिएको छ । रासस




![g]kfnsf] ;+ljwfgsf] kl/dflh{t ljw]os @)&@ dfly ;+ljwfg;efdf a'waf/ ePsf] 5nkmndf dGtJo JoQm ug'{x'Fb} /fk|kf g]kfnsf cWoIf sdn yfkf . tl:a/ M /Tg >]i7, /f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/08/kamal-thapa-650x457.jpg)








प्रतिक्रिया