अर्घाखाँची, २३ भदौ । राँगोले हान्दा प्युठान खलङ्गा–४ बस्ने ५० बर्षीय गणेश बहादुर कसाईको मृत्यु भएको छ भने ५२ बर्षीय केशब बिक गम्भीर घाइते भएका छन् ।
उनीहरुले मंगलबार अर्घाखाँची खिलीजी– ५ बस्ने दुर्गा बन्जाडेको घरबाट राँगो किनेर लैजाने क्रममा असुरकोट–४ आरन डाँडामा दुवै जनालाई रांगोले हान्दा कसाईको घटनास्थलमै मृत्यु भएको थियो ।
टाउकोमा गम्भीर चोट लागेका वि.क.लाई उपचारको लागि प्युठानतर्फ लगिएको छ । उक्त राँगोलाई प्रहरीले गोली हानी मारेको छ ।















प्रतिक्रिया