१० कार्तिक २०८३, मंगलबार

वीरगन्जमा निषेधाज्ञा घटाउन थालेपछि जनजीवन सामान्य बन्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

वीरगन्ज, २३ भदौ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज नगर क्षेत्रमा लगाएको निषेधाज्ञाको समय घटाउन थालेपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ ।

निषेधाज्ञाको समय घटाएसँगै वीरगन्जमा सर्वसाधारणको चहलपहल बढेको देखिएको छ ।

स्थानीय प्रशासनले वीरगन्जमा आज बिहान ९ देखि दिउँसो १ बजेसम्मका लागि निषेधाज्ञा फुकुवा गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो ।

यसअघि मङ्गलबार पनि स्थानीय प्रशासनले वीरगन्जमा बिहान ९ देखि दिउँसो १ बजेसम्म र अपराह्न ४ देखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा फुकुवा गरेको थियो ।

निषेधाज्ञा फुकुवा हुन थालेपछि खाद्यान्न लगायतका आवश्यक घरायसी सामान किनमेल गर्नेको भीड बजारमा देखिने गरिन्छ ।

षेधाज्ञाको समय छोट्याउँदै स्थानीय प्रशासनले वीरगन्जमा आज मध्याह्न १ बजेपछि पुनः अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा यथावत् राखिएको सहायक प्रजिअ भण्डारीले बताउनुभयो ।

सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलले गरेको अनिश्चितकालीन मधेस बन्दका क्रममा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणाका कारण नौ दिनदेखि पर्साको जनजीवन अत्यन्त कष्टकर बनेको छ ।

त्यस्तै २६ दिनदेखिको लगातार बजार, पसल, यातायात, कलकारखाना, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था बन्द हुँदा सर्वसाधारणलाई समस्या भएको छ ।

निषेधाज्ञा फुकुवा भएको समयमा हिजोआज वीरगन्जमा बैंक तथा वित्तीय संस्थामा सेवाग्राहीको घुइँचो लाग्ने गरेका छन् । सडकमा रिक्सा, ताँगा, टेम्पो, मोटरसाइकल र साइकल पनि गुडिन थालेको देखिन्छ । रासस