२१ कार्तिक २०८३, शनिबार

रुपन्देहीमा आज उच्च सुरक्षासर्तकता, मधेसी मोर्चाले शक्ति प्रदर्शन गर्दै, यस्तोछ तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Police-Nisedhit-Bhairभैरहवा, २३ भदौ । संघीय राज्यको सिमाङ्कनको विषयमा असहमति राख्दै झण्डै एक महिनादेखि बन्द, हड्ताल र आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज भैरहवामा शक्ति प्रर्दशन गर्दैछन् ।

सरकार र कांग्रेस, एमाले र एमाओवादीलाई दबाब दिने उद्धेश्यले आज भैरहवामा मोर्चाले शक्ति प्रदर्शन गर्न लागेको मोर्चाका जिल्ला संयोजक महेन्द्र यादवले जानकारी दिनुभयो ।

कार्यक्रमको बारेमा जानकारी दिँदै संयोजक यादवले भन्नुभयो, ‘आजको विरोधसभामा एक लाख मानिसहरू उपस्थित हुनेछन् ।

जसकोलागि जिल्लाको पूर्व, दक्षिण र उत्तर पश्चिमतर्फबाट आउने लाखौंको र्‍यालीलाई कमान्डिग गर्न केन्द्रीय नेताहरू नै खटिनेछन् ।

जुलुसलाई शान्तिपूर्ण बनाउन हजारौं स्वयंसेवक दस्ता पनि निर्माण गरिएकोछ । र्‍याली भैरहवाको मायादेवी चौंकमा गएर आमसभामा परिणत हुनेछ ।’

संयोजक यादवले आमसभालाई तमलोपा अध्यक्ष महन्त ठाकुर, संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमलोपा वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठी र महामन्त्री सर्वेन्द्रनाथ शुक्ला, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

रुपन्देहीमा उच्च सुरक्षा सर्तकता

Nepal-Policeयसैबीच मधेसी मोर्चाको वृहत विरोध सभालाई लक्षित गर्दै रुपन्देहीको सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको जिल्ला सुरक्षा समितिका संयोजक रहनुभएका प्रमुख जिल्ला अधिकारी विण्णुप्रसाद ढकालले जनाकारी दिनुभयो । बुधबार हुने विरोध सभा र र्‍यालीलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा समितिको बैठकबसी सभा र र्‍यालीलाई शान्तिपूर्ण बनाउन सबै शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

ढकालले भन्नुभयो, ‘सुरक्षा समितिको बैठक बसी जिल्लाको समग्र सुरक्षको अवस्थाबारेमा विश्लेषण गरिएको छ । आज हुने विरोध सभा र र्‍यालीलाई शान्तिपूर्ण बनाउन हामीले नेताहरुलाई आग्रह गरेका छौं । निषेधित क्षेत्रभित्र कसैको पनि र्‍याली सभा हुँदैन यदि त्यसो भयो भने स्थानीय प्रशासन ऐन २०२८ अनुसार अधिकत्तम कारबाही गर्न बाध्य हुनेछौं यो कुरा हामीले आन्दोलनरत पक्षका जिम्मेवार नेताहरुलाई भनिसकेका छौं ।’

सुरक्षा समितिले मंगलबार नै जिल्लाको पश्चिम क्षेत्रको निरीक्षण समेत गरेको थियो । प्रमुख जिल्ला अधिकारी ढकाल, एसएसपी गणेश केसी, एसपी राजेन्द्र ढकाल, शसस्त्रका एसपी गुणाखर खनालसहितको टोलीले बेथरी छपिया बनगाइ क्षेत्रको निरीक्षण गरेको छ ।

आजको आमसभालाई लक्षित गरी भैरहवामा सुरक्षाकर्मीको संख्या पनि बढाइएको छ । नेपाली सेनाले पनि आफ्नो नियमित तालिकाअनुसार अहिले भैरहवामा गस्ती गरिरहेको छ । भदौ ३ गते आन्दोलरत पक्ष र स्थानीयबीच झडप हुँदा अहिलेसम्म भैरहवामा निषेधाज्ञा लगाइएकोछ ।

२८ दिनदेखिको बन्द र हड्तालले पश्चिम तराई आक्रान्त

bandama-raksi-cccगत साउन २८ गतेदेखि आमहड्ताल र बन्दको कारण पश्चिम तराईको जनजीवन आक्रान्त बन्दै गएकोछ । बन्दको कारण पश्चिम तराईको रुपन्देही सदरमुकाम भैरहवा, कपिलवस्तु सदरमुकाम तौलिहवा र नवलपरासी सदरमुकाम परासीको जनजीवन प्रभावित भएकोछ ।

जिल्लाको महेन्द्रराजमार्ग नजिकका गाउँ तथा शहरहरु जुन उत्तरी क्षेत्रमा पर्दछन् ती क्षेत्रमा बन्दको प्रभाव भने परेको छैन । भारतीय सीमावर्ती क्षेत्रमा बन्दको अधिक प्रभाव परेको छ । बन्दकर्ताहरुले कपिलवस्तु सदरमुकाम तौलिहवाका अधिकांश सरकारी कार्यलयमा तालाबन्दी गरेका छन् । नवलपरासीमा पनि बन्दकर्ताको दबादबा नै रहेको छ ।

यता रुपन्देही सदरमुकाम भैरहवामा भने बन्दकर्ताहरुको उपस्थिति न्यून छ । प्रशासनले भैरहवालाई केन्द्र विन्दु बनाएर गत भदौं ५ गतेदेखि निषेधाज्ञा जारी गरेपछि जनजीवन सामन्य भएको हो । निषेधाज्ञाको कारण नारा जुलुस र आन्दोलन भएको छैन । प्रशासनले भैरहवाको पूर्व बसन्तपुर बाइपास, उत्तर अन्चलपुर, दक्षिण बेलहिया र पश्चिम गौतमबुद्ध विमानस्थलसम्म निषेधाज्ञा जारी गरेकोछ । निषेधाज्ञा जारी गरिएको क्षेत्रदेखि भैरहवा प्रवेशमा सुरक्षा सर्तकर्ता अपनाइएको बताइएकोछ ।

बन्दको बहानामा कालोबजारी

bandama-balck-mareket-Cबन्दको बहानामा रुपन्देहीमा कालोबजारी मौलाएको पाइएकोछ । प्रशासनले निषेधाज्ञा लगाएपछि भैरहवाको पश्चिमतर्फको बनगाईलाई विगत १९ दिनदेखि बनगाई चौंकलाई अड्डा बनाएका बन्दकर्ताहरुको नजिकै मुख्य सडकमै इन्धनको कालोबजारी हुने गरेकोछ ।
बनगाई चौंकमा ३ वटा पेट्रोल पम्प रहेका छन् । ती पम्पमा इन्धन छैन भन्ने बोर्ड टाँगिएको छ ।

पम्पलाई ढाकेर राखीएको छ तर नजिकै मुख्य सडकको दायाबाया मिनरल वाटरमा भरिएका पेट्रोलको छयापछयाप्ति देख्न पाइन्छ । सरकारले पेट्रोलको मूलय घटेर १ सय २ बनाएता पनि ती मुख्य सडकखण्डमा पेट्रोल बेच्ने खुद्रा ब्यापारीले लिटरको १ सय ३० रुपियाँ लिने गरेका छन् ।

आन्दोलनको कारण स्थानीय प्रशासनको उपस्थिति कम भएको बेला मौलाएको कालो बजारीको यो उदाहरण मात्रै हो । बन्दको कारण बन्दकर्ताहरुले आइतबार भैरहवा आउन जान निषेध गरेतापनि स्थानीय स्तरमा त्यसको विरोध भएपछि सोमबारदेखि आवतजावतमा रोक लगाएका छैन ।

बन्दको कारण सरकारी भवन निर्माणमा समस्या

bandako-pravav-nirmanma-Aअनिश्चित आमहड्ताल र बन्दको कारण सरकारी भवन समयमै निर्माण हुन नसक्ने भएकोछ । बन्दको कारण भवन निर्माणको लागि आवश्यक कच्चा पदार्थ र जनशक्ति नहुँदा सो समस्या परेको हो । जिल्लाको ईलका प्रहरी कार्यलय बेथरीको नवनिवर्मित भवनको निर्माण कार्य रोकिएकोछ ।

गत वैशाख २१ गते रुपन्देही प्रहरी प्रमुख एसपी राजेन्द्र ढकालले शिलान्यास गरेको सो भवनको निर्माण कार्य साउन २८ गतेदेखि ठप्प भएको हो । १ करोड ४० लाख ५८ हजार कर बाहेकको लागत मूल्यमा सम्झौता भई निर्माण शुरु भएको सो भवन निर्माणको काम रोकिँदा समयमै पूरा नहुने देखिएको हो ।

शान्ति तथा पुनः निर्माण मन्त्रालय प्रहरी ईकाई पुनः निर्माण आयोजना अन्तरगत निर्माण हुन लागेको सो भवन निर्माणको ठेक्का प्राकृतिक राईजिंग स्टार मीना जेभीले लिएको छ ।

ठेकेदार कम्पनिले बन्दको कारण आवश्यक कच्चा पदार्थ र जनशक्ति नपाउँदा विगत २२ दिनदेखि काम रोकेको इप्रका बेथरी इन्चार्ज नेपाल प्रहरीका सई नरेन्द्रजंग कार्कीले जनाए । भवन नहुँदा प्रहरीलाई त्यहाँबाट कार्य सम्पादन गर्न अफठयारो परिरहेकोले निर्माण गर्न लागिएको ३ तल्ले भवनमा अफिस, ब्यारेक, थुनुवा कक्षसहित १६ कोठा हुने जनाइएको छ ।