१० कार्तिक २०८३, मंगलबार

दैनिक नेपाल बागलुङ सहकर्मी बोहरा सम्मानित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rabinaबागलुङ, २३ भदौ । शैक्षिक क्षेत्रको समाचार सम्प्रेशणमा विशेष योगदान पुराएको भन्दै दैनिक नेपाल डटकमका बागलुङ संवाददाता रबिना बोहरा सम्मानित हुनु भएको छ ।

३६ औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा जिल्ला शिक्षा कार्यालय बागलुङले शिक्षा क्षेत्रका सूचनामा आधारित भएर समाचार प्रकाशन तथा प्रशारण गरेको भन्दै सम्मान गरेको हो ।

हरेक वर्ष कार्यालयले एक जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत बोहरालाई सम्मान गरेको जनाएको छ ।

बोहरा दैनिकी नेपालसँगै स्थानीय धौलागिरि टेलिभिजनका साथै धौलागिरि जागरण राष्ट्रिय दैनिक पत्रिका तथा नेपाल सञ्चार संवाददाताको रुपमा कार्यरत हुनुहुन्छ ।