दाङ, २२ जेठ । यही भदौ रातिदेखि जिल्लाका केही क्षेत्रमा गरिएको दङ्गाग्रस्त क्षेत्र घोषणा आज साँझबाट हटाइएको छ ।
गत साउन २७ गतेदेखि प्रान्तीय सीमाङ्कनविरुद्ध आन्दोलन गर्दै आएको थरुहट संयुक्त सङ्घर्षलगायतको आन्दोलनले उग्ररुप लिएपछि जिल्ला सुरक्षा समितिले यही भदौ ७ गते रातिदेखि जिल्लाका तुलसीपुर, घोराही, लमही नगरपालिका, पूर्व–पश्चिम राजमार्गको अमेलियादेखि भनुखोलासम्मको क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
जिल्लामा सुरक्षाको अवस्था सुधार हुँदै गएपछि आजदेखि दङ्गाग्रस्त क्षेत्र हटाइएको प्रमुख जिल्ला अधिकारीले लोकनाथ पौडेलले जानकारी दिनुभयो ।
दङ्गाग्रस्त क्षेत्र हटाइए पनि सुरक्षाको दृष्टिले सम्बेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था मजबूत बनाउँदै तीनवटै सुरक्षा निकायलाई परिचालन गरिएको उहाँको भनाइ छ । रासस















प्रतिक्रिया