३१ आश्विन २०८३, शनिबार

कञ्चनपुरका महिलालाई उद्यमी बनाउन बाँसका सामग्री बनाउने तालिम प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanchanpur-women

महेन्द्रनगर, २२ भदौ । भीमदत्त नगरपालिका ग्रामिण क्षेत्रका महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सीपमुलक बाँसका सामग्री बनाउने तालिम दिईएको छ ।

महिला तथा बाल विकास केन्द्र र टेवा ललितपुरको आयोजनामा उनीहरुलाई सात दिने सीपमुलक तालिम दिईएको हो । महिला तथा बाल विकास केन्द्र कञ्चनपुरकी अध्यक्ष निलम जोशी (लेखक)ले भीमदत्त नगरपालिकाको ग्रामिण क्षेत्रका महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सो तालिम दिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार महिला समुहबाट माग अनुसार सो तालिम दिईएको हो । भीमदत्त नगरपालिका २ पूर्णागिरी र घटाल टोलका महिलाहरुले यस्तो सीपमुलक तालिमको माग गरेपछि आफुहरुले ७ दिने तालिम संचालन गरेको अध्यक्ष जोशीले बताउनुभयो ।

अध्यक्ष जोशीका अनुसार तालिममा बाँसका तीन ओटा समाग्री बनाउन सिकाईएको छ । गमला, फुल टोकरी र चुडी स्ट्याण्ड बनाउन सिकाईएको छ । तालिम सिकेका महिलाहरुले तालिम सिकेर आत्मनिर्भर बन्ने बताएका छन् । जिविकोपार्जका लागि उक्त तालिम प्रभावकारी हुने आयोजकको दावी छ । जिल्लामा उक्त टोकरीहरुको आवश्यता र बजार भएकाले तालिमले महिलाहरुलाई लाभ हुने अध्यक्ष जोशीको भनाई छ ।

तालिम सिकेकी उल्टाखकी कल्पना चौधरीले पहिले तालिम सिक्ने समस्या भएपनि अहिले सहज भएको अनुभव पोखिन् । ‘तालिम लिएर केही सिके, अब घरमै बनाउछु ।’, उनले भनिन् । लगानी र औजार पाए व्यवसाय संचालन गर्न सोच बनाएको उनको भनाई छ ।

यस्तै तालिम सिकेकी अर्की महिला सरस्वती मल्लले तालिम सिकेर आत्मनिर्भर बन्ने योजना बनाएकी छिन् । कृषि काममा व्यस्थ हुने उनी अब तालिम सिकेपछि व्यवसाय गर्ने तयार भएकी छिन् । हुनैनाथ सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष गंगा भट्टले तालिमबाट महिलाहरुलाई फाईदा भएको बताउदै, घरमै पनि समाग्री बनाउन सकिने बताए । तालिम बाट महिलाहरुलाई उद्यमी बन्न समेत सहज हुने उनको भनाई छ ।

kanchanpur-womonसामुदायिक केन्द्र र बाल विकास केन्द्रले अझैपनि महिलाहरुलाई आत्म निर्भर बनाउनका लागि यस्ता तालिम आयोजना गर्ने बताए । मंगलबार उक्त तालिमको एक कार्यक्रममा विच समापन समेत गरिएको समापनमा तालिमका २३ जना सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । कार्यक्रममा तालिमका प्रशिक्षार्थी, सस्थाका पदाधिकारी, जिल्ला विकास समितिका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।