चौधरीले भन्नुभयो, ‘सकिन्छ भने संयुक्त व्यानरमा होइन भने फोरम लोकतान्त्रिकको झण्डा र व्यानरमा आन्दोलन हुन्छ । पूरा योजना बनाएका छौं । आन्दोलन शान्तिपूर्ण र व्यवस्थित हुन्छ ।’ प्रमुख चार दलको बैठकमा बसेर मधेशी र थारुका मागलाई नयाँ संविधानमा समावेश गराउन सक्रिय रुपमा लाग्नु भएका गच्छदार शनिबार रातिदेखि कांग्रेस, एमाले र एकीकृत माओवादीसँग रिसाएर बाहिरिनु भएको थियो । त्यसपछि गच्छदारले सडक रोज्नु भएको छ । यतिसम्मकी फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले संविधानसभाबाट संविधान निर्माणको प्रक्रिया नै छाड्ने निर्णय गर्नुभयो । गच्छदारको मधेश वापसी मधेशी मोर्चाका लागि टाउको दुःखाइ भएको छ । गच्छदार संविधान सभामा हुँदा फाइदा देखेको मधेशी मोर्चाले अब आफूलाई मधेशमा घाटा पुग्ने समीक्षा गर्न थालिसकेको छ ।
















प्रतिक्रिया