काठमाडौं, २० भदौ । नेपाल आयल निगमले आइतबार फेरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर एक/एक रुपैयाँ घटाएको प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो ।
नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको प्रतिलिटर ८१ रुपैयाँ कायम गरिएको छ । निगमले यसअघि मंगलबार पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको थियो ।















प्रतिक्रिया