काठमाडौं, १९ भदौ । नेपालमा गएको विनाशकारी भूकम्पपछि बढेको कुखुराको मूल्य ह्वात्तै घटेको छ ।
भूकम्पपछि उपत्यकामा प्रतिकिलो ३६० रुपैयाँ पुगेको मासुको भदौ महिनादेखि घट्न थालेको छ । राष्ट्रिय कुखुरा बिक्रि व्यवसायी संघका अध्यक्ष जंग बहादुर बिसीले कुखुराको मासुको मूल्यमा ६० रुपैयाँले घटेको बताए । उनका अनुसार शनिबार उपत्यकामा कुखुराको मासु प्रतिकिलो ३ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
भूकम्पले क्षति पुर्याएको कुखुराको खोर पुनर्निर्माण तथा किसानले कुखुराको नयाँ उत्पादन पुनः सूचारु गरेकाले कुखुराको मासुको मूल्य घटेको अध्यक्ष विसीको भनाई छ । उनका अनुसार उपत्यकामा दैनिक २ लाख ५० हजार किलो देखि ३ लाख किलो सम्म मासुको खपत हुने गर्दछ ।















प्रतिक्रिया