३० आश्विन २०८३, शुक्रबार

तेक्वान्दो स्टार मनीता राष्ट्रिय टोली छाडेर अमेरिका पलायन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1काठमाडौं, १९ भदौ । टोलीकी कप्तान समेत रहेकी तेक्वान्दो स्टार मनीता शाहीले राष्ट्रिय टिम छाडेकी छिन् । ब्यक्तिगत कारणले टिम छाडेकी मनीता शुक्रबार नै अमेरिका प्रस्थान गरेकी छिन् ।

तेक्वान्दो राष्ट्रिय टोलीले उनलाई राष्ट्रिय तेक्वान्दो प्रशिक्षण हलमा औपचारिक रुपमा विदाइ गरेको छ । साथै तेक्वान्दो संघले सम्मान पत्र पनि प्रदान गरेको छ ।

त्यसै विदाइ कार्यक्रममा भाव बिह्वल हुदै मनीताले भनीन्, “तेक्वान्दो नै मेरो जिवन बन्यो । म यसैमा रमाए । तर, ब्यक्तिगत र स्वास्थ्यका कारणले राष्ट्रिय टोली छाड्दा दुख लागेको छ ।” उनले भनीन्, “ म जहा रहे पनि तेक्वान्दो प्रतिको समपर्णमा कमी आउने छैन । ”

विदाइ कार्यक्रममा प्रमुख अतिथीको आशषनबाट बोल्दै तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेलले मनीता उदाहरणीय खेलाडी भएकोक भन्दै पछिल्लो पुस्ताले पनि उनलाई अनुशषरण गर्नु पर्ने बताए ।

तेक्वान्दो संघका महासचिव दिपराज गुरुङ्गले मनीताको खेल जिवनको महत्वपूर्ण पाटो बारे प्रकास पारे । तेक्वान्दो मुख्य प्रशिक्षक ध्रुब गुरुंगले मनीताले दिलाएको योगदान महतवपूर्ण अबिस्मरणीय भएको बताएका छन् ।

बरिष्ठ तेक्वान्दो साहयक मुख्य प्रशिक्षक अजुर्न बिकले मनीतासंग नेपाली तेक्वान्दोको साथ छुट्न पिडादायक भए पनि उनको सुखद भबीश्यको आशाले खुसी तुल्याएको बताए । प्रशिक्षक हेमन्त डागीले कार्यक्रम सञ्चालन गरेका थिए ।

बरिष्ठ तेक्वान्दो प्रशिक्षक मिन थापा, पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुबर , तेक्वान्दो संघका सदस्य कबीराज खड्गी लगायत राष्ट्रिय टोलीका खेलाडीहरु विदाइ कार्यक्रममा उपस्थित थिए ।