१ कार्तिक २०८३, शनिबार

दोस्रो तहका नेताले सिंहदरबारमा तयार पारेको ‘सहमतिको पोको’ बालुवाटार खोलियो, बैठक जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4-party-meeting-at-Baluwataकाठमाडौं, १८ भदौ । संविधानको विधेयमा संशोधन प्रस्ताव, मधेशी र थारुहरूको मागलगायतका विषयमा चार दलका दोस्रो तहका नेताहरूले तयार पारेको प्रस्तावमा शीर्ष बैठकमा छलफल भएको छ ।

बालुवाटारमा जारी चार दलका शीर्ष नेताहरूको बैठकमा दोस्रो तहका नेताहरूले तयार पारेको सहमतिको प्रस्तावमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

यसअघ आजै सिंहदरबारमा बसेको दोस्रो तहका नेताहरूको बैठकले सहमतिको प्रस्ताव तयार पारेका थिए ।

सहमतिको प्रस्ताव बनाउन कांग्रेसबाट रामचन्द्र पौडेल, एमालेबाट भीम रावल, एमाओवादीबाट नारायणकाजी श्रेष्ठ र फोरम लोकतान्त्रिकबाट जितेन्द्र देव जुटेका थिए ।

अहिले बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री सुशील कोइरालाका साथै एमालेका अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारको सहभागिता रहेको छ ।

बैठकले मधेशी र थारु आन्दोलनकारीले अघि सारेका मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ ।